दार्चुला । दुहुँ गाउँपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भए पछि दुहुँ गाउँपालिकाको वडा नम्बर २ हिकिला क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

गाउँपालिकामा एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि समुदाय स्तरमा कोरोना फैलिन नदिन गाउँपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले हिकिला क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।

कोरोेना संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मी आइसोलेशनमा बसिरहेकाले समुदाय स्तरमा फैलिन नदिन शिल गरिदिन दुहुँ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अनुरोध गरेको थियो । सोहि अनुसार उक्त क्षेत्रमा अर्का आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

कोरोनाका कारण दुहुँका एक व्यक्तिको उपचारका क्रममा धनगढीमा ज्यान गएकाले गाउँपालिका स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठक बसि शिलका लागि जिल्ला प्रशासनलाई निषेधाज्ञा जारी गर्न अनुरोध गरिएको थियो ।

कार्तिक ४ गते मंगलबार बेलुकी सात बजे देखि वडा नम्बर २ हिकिलाको पूर्वमा गौरिलमाण्डौ मावि, पश्चिममा मत्तड–गौकुल, उत्तरमा चिरपडे डाडा र दक्षिणमा सिलिङचौरा क्षेत्रमा अर्काे सूचना नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो ।

स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम उक्त क्षेत्रका निषेधाज्ञा गरिएको हो । निषेधाज्ञा अवधिभर चारकिल्ला क्षेत्रभित्र अत्यावश्यकीय कार्य र सेवा बाहेकका अन्य सम्पूर्ण सेवा–कार्यहरु रोक लगाइएको छ ।

निषेधाज्ञाको अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दार्चुलामा हालसम्म अपि हिमाल गाउँपालिका बाहेकका आठवटा स्थानीय तहका २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खबर : कोरोनाले मृत्यु भएका दार्चुलाका पुरुषको शव कैलालीमा व्यवस्थापन

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?