बाजुरामा बाटोमै सुत्केरीले शिशु जन्माइन्

दार्चुला । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ भैसागाडकी एक महिलाले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै बच्चा जन्माएकी छन्।

प्रसूति व्यथा सुरु भएपछि उनलाई परिवारले फयालगाउँ आधारभूत स्वास्थ्य इकाइतर्फ लैजाँदै गर्दा बाटोमै सुत्केरी भएकी हुन्। स्वास्थ्य संस्था पुग्न नसक्ने अवस्था भएपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मी विस्ना रोकाया घटनास्थलमै पुगेर सुरक्षित प्रसूति गराएकी थिइन्।

स्थानीयका अनुसार कठिन भौगोलिक अवस्था र स्वास्थ्य संस्था टाढा भएकाले महिलालाई समयमै अस्पताल पुर्‍याउन नसक्दा बाटोमै सुत्केरी हुनुपरेको हो।

स्वास्थ्यकर्मी रोकायाले तत्कालै आवश्यक स्वास्थ्य सेवा प्रदान गरेपछि आमाले सुरक्षित रूपमा बच्चा जन्माएकी थिइन्। हाल आमा र नवजात शिशुको अवस्था सामान्य रहेको जनाइएको छ।

स्थानीय बासिन्दाका अनुसार दुर्गम क्षेत्रका कारण गर्भवती महिलाहरूलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्‍याउन समस्या हुने गरेको छ। सडक र यातायातको सुविधा अभावका कारण अझै पनि धेरै महिलाले घरमै वा बाटोमै बच्चा जन्माउने अवस्था रहेको उनीहरूको भनाइ छ।

स्वास्थ्य क्षेत्रमा पहुँच विस्तार भए पनि दुर्गम बस्तीहरूमा अझै सुरक्षित प्रसूति सेवामा चुनौती देखिएको यो घटना एउटा उदाहरण भएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?