बाजुरामा ढुङ्गाले प्रहार गरी एक जनाको हत्या

दार्चुला । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ पुडेनीमा ढुङ्गाले प्रहार गरी एक जनाको हत्या भएको छ । सोमबार साँझ करिब ६ः२० बजे स्थानीय धनबहादुर महतरा र उनका १८ वर्षीय छोरा हेमराज महतराले सोही ठाउँका ३५ वर्षीय सर्वाश बुढामाथि ढुङ्गाले टाउकोमा प्रहार गरेका थिए।

उक्त प्रहारबाट गम्भीर घाइते भएका बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । घटनाको करिब १ घन्टा पछि स्थानीयले अस्थायी प्रहरी पोस्ट मुक्तिकोटलाई जानकारी गराएका थिए ।

कुटपिटमा संलग्न धनबहादुर महतरालाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनामा संलग्न उनका १८ वर्षीय छोरा हेमराज फरार रहेका छन्। फरार रहेका हेमराजको खोजतलास कार्य जारी रहेको छ ।
आक्रमणको कारण बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगन सिंह भाटले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?