कैलालीमा बाटोमै शिशुको जन्म

दार्चुला । कैलालीमा सुत्केरी पीडा लागेपछि स्वास्थ्य केन्द्र जाने क्रममा महिलाले बाटोमै नवजात शिशु जन्म दिनुभएको छ। मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया दुर्गा बिकले सोमबार बाटोमै शिशु जन्म दिनुभयो।

उहाँ प्रसुती गराउन बुढीआमदेखि फल्लेबिसौँना आधारभूत स्वास्थ्य केन्द्र आइरहनुभएको थियो। सोही क्रममा बाटोमा पर्ने जंगलमा नवजात शिशु जन्मिएको स्वास्थ्य केन्द्रकी अनमी रूपा खत्रीले जानकारी दिनुभयो।

स्वास्थ्य केन्द्रबाट खत्रीसहितका स्वास्थ्यकर्मीहरूले एम्बुलेन्समार्फत दुर्गा बिकलाई र शिशुलाई जन्मदिएको स्थानमा पुगेर सहयोग गरेका थिए। स्वास्थ्य केन्द्रमा सामान्य हेरचाहपछि आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनीहरूलाई डिस्चार्ज गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?