दार्चुला । नेपाली एमएमए खेलाडी रवीन्द्र ढाट ‘रोड टु यूएफसी सिजन ५’ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चारमा स्थान बनाएका ढाटले अब उपाधि नजिक पुग्न थप चुनौतीपूर्ण प्रतिस्पर्धा सामना गर्नेछन् ।
सेमिफाइनलमा उनले अस्ट्रेलियाका म्याटी इयानसँग प्रतिस्पर्धा गर्नेछन्। दुवै खेलाडीबीच हुने भिडन्तलाई निकै प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ ।
ढाटले हालसम्म देखाएको प्रदर्शनका आधारमा उनीमाथि नेपाली समर्थकको ठूलो अपेक्षा रहेको छ।
‘रोड टु यूएफसी’ प्रतियोगिता उदीयमान खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अवसर दिलाउने महत्वपूर्ण प्लेटफर्मका रूपमा लिइन्छ ।
यस प्रतियोगितामा सफलता हासिल गर्न सके ढाटलाई यूएफसीमा प्रवेश गर्ने ढोका खुल्नेछ ।
ढाटको सेमिफाइनल यात्रा नेपाली एमएमएका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । अबको खेलमा उहाँको प्रदर्शनले नेपालको नाम अझै उच्च बनाउने विश्वास गरिएको छ।




