गोकुलेश्वरमा बजाजको ‘एक्सचेन्ज’ मेला सञ्चालन

दार्चुला । गोकुलेश्वरमा बजाज कम्पनीले मोटरसाइकल साटासाट (एक्सचेन्ज) मेला सञ्चालन गरेको छ। कम्पनीले बिहीबारबाट वैशाख १५ गतेसम्म ‘ग्रान्ड एक्सचेन्ज मेला’ आयोजना गरेको हो।

कम्पनीका अनुसार मेलामा ग्राहकहरूका लागि विशेष सुविधाहरू उपलब्ध गराइएको छ। नागरिकताको आधारमा सहज फाइनान्स सुविधा प्रदान गरिने बताइएको छ।

यस मेलामा ग्राहकहरूले पुरानो मोटरसाइकल साटेर नयाँ मोटरसाइकल लिन सक्ने व्यवस्था गरिएको छ। साथै, बजार मूल्यभन्दा बढी मूल्यांकन, निःशुल्क हेल्मेट र नगद छुटको सुविधा पनि रहेको कम्पनीले जनाएको छ।

त्यसैगरी, नयाँ मोटरसाइकल सुन्य सेवा शुल्कमा फाइनान्समार्फत उपलब्ध गराइने बताइएको छ। सीमित अवधिका लागि मात्र मेला सञ्चालन हुने भएकाले यो अवसरको लाभ लिन कम्पनीले ग्राहकहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?