दार्चुलाको शैल्यशिखर–८ देवलमा करेन्ट लागेर तीन वर्षीया प्रिन्साको मृत्यु

दार्चुला । शैल्यशिखर नगरपालिका–८ देवलमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। देवलका पुष्पराज जोशीकी ३ वर्षीया छोरी प्रिन्सा जोशीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ।

घरको कोठामा रहेको विद्युत् प्लगको प्वालभित्र औँला हाल्दा शुक्रबार (हिजो) प्रिन्सालाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएपछि उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?