दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गाँजरीबाट ८ जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोलीले शनिबार (आज) गाजरी स्थित सुर्दशन खुद्रा पसल भित्र जुवातास खेलीरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको साथबाट ७१ हजार ७ सय ७५ रुपैया नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा एक जना जनप्रतिनिधि समेत रहेको बुझिएको छ । तर प्रहरीले भने पक्राउ परेकाहरुको पहिचान खुलाएको छैन ।





प्रतिक्रिया