भारत र अस्ट्रेलियाको टी २० सिरिज आजदेखि

दार्चुला । अस्ट्रेलिया र भारतबीचको टी २० सिरिज शुक्रबार आजदेखि शुरुहुँदै छ । तीन वटा टी २० सिरिज हुने छ ।

एक दिवसीय सिरिज २–१ ले गुमाएको भारतले टी २० मा त्यसको बदला लिने रणनीतिमा हुने छ । अन्तिम एक दिवसीय क्रिकेटमा १३ रनको जित निकाल्दै भारत सिरिज क्लिनस्वीप हुनबाट जोगिएको थियो ।

शुक्रबार हुने टी २० सिरिजमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । भारतीय टिमले अन्तिम एक दिवसीयमा केही परिवर्तन गरेको थियो र फलस्वरुप जित हात पनि पारेको थियो । यस्तोमा भारतीय टिमले केही परिवर्तन पक्कै गर्ने छ ।

बलिङ तर्फ जसप्रित बुमराह वा मोहम्मद शमी मध्य एक जनालाई आराम दिन सकिने छ । यस्तै टी नटराजन भने खेल्ने लगभग पक्का छ । तर ब्याटिङमा भने परिवर्तन हुने सम्भावना कम देखिएको छ ।

उता, अस्ट्रेलिया टिममा भने परिवर्तन हुने सम्भावना कम रहेको छ । डेविड वार्नरको अनुपस्थितिमा डार्सी शटले आरोन फिन्चले ओपनिङ गर्ने छन् । भारत र अस्ट्रेलियाबीचको पहिलो टी २० क्यानबेरामा दिउँसो १ः५५ बजे शुरुहुने छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?