गौतमबुद्ध कप क्रिकेटको उपाधि राप्तीलाई

दार्चुला । गौतमबुद्ध कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि राप्ती टिमले जितेको छ ।

फाइनल खेलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले पहिलो संस्करणको उपाधि जितेको हो ।

भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा १ सय ४४ रनको लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रनमा समेटियो ।

उसका आरिफ शेखले सर्वाधिक ४८ रन बनाए । ३१ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै, रित गौतम र इशान पाण्डेले समान २७-२७ रनको योगदान गरे । राप्तीका अविनास बोहराले ३ तथा भुवन कार्कीले २ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको नारायणीले २० ओभरमा १ सय ४३ रन बनाएको थियो । उत्कृष्ट सुरुवात गरेको राप्तीको लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रनको आक्रामक पाली खेले । यस्तै, बिनोद भण्डारीले ३२, अमित श्रेष्ठले १७ र शरद भेषवाकरले १० रन बनाए । नारायणीका शाहाब आलमले ३, सुशन भारीले २ र कप्तान करन केसीले १ विकेट हात पारे ।

तीन टिम सहभागी प्रतियोगिता बागमती प्रदेश क्रिकेट संघले आयोजना गरेको थियो । लामो समयदेखि क्रिकेट ठप्प रहेको कारण क्रिकेट चलायमान बनाउन प्रदेश क्रिकेट संघले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?