दार्चुला । कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ । समितिको शुक्रबार बसेको बैठकले ५ जेठपछि लकडाउनको मोडालिटी परिवर्तन गरेर जाने निर्णय गरेकाे हो ।

स्वास्थ्य क्षेत्रका विज्ञहरूसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले बताए ।जारी लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिममा रहेका क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्र पहिचान गरी मोडालिटी परिवर्तनको तयारी गरिएको उनले जानकारी दिनुभयाे ।त्यसैगरी, समितिले अध्ययन वा अन्य कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रहेका नागरिकलाई चार्टर्ड फ्लाइटमार्फत पठाउने निर्णय पनि गरेको छ ।

सचिव बिडारीले लकडाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको आईडीप्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रक्रिया पूरा गरी पठाउने निर्णय भएको बताए ।समितिले शुक्रबार स्वास्थ्यक्षेत्रका विभिन्न विज्ञहरूसँग छलफल पनि गरेको छ ।

अहिलेको अवस्था र लकडाउनको मोडालिटी परिवर्तन गरी कसरी जनजीवन सहज बनाउन सकिन्छ भन्ने विषयमा विज्ञहरूसँग छलफल भएको हो । छलफलमा विज्ञहरूले परीक्षण, कन्ट्याक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्नेलगायत सुझाव दिएका छन् ।आत्तिनुपर्ने अवस्थामा नभए पनि सचेत हुनुपर्ने, विदेशबाट आउनेहरूको सवालमा सम्बन्धित स्थानीय तहहरूमा क्वारेन्टाइनको उचित व्यवस्थान गरी ल्याउनुपर्ने सुझाव पनि दिइएको नेपाल चिकित्सक संघका अध्यक्ष लेलोचन कार्की बताउनुभयाे ।

चिकित्सा क्षेत्रका विज्ञहरूले सरकारलाई वैज्ञानिक ढंगबाट निर्णय गर्न र सम्बन्धित क्षेत्रका व्यक्तिहरूसँग पनि सल्लाह गर्न सुझाव दिएका छन् । विज्ञहरूका सुझावहरूमा पुनः छलफल गरी समितिले निर्णय गर्नेछ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?