दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले अन्तर–इकाइ कार्यसम्पादन मूल्याङ्कन २०८२ को प्रथम त्रैमासिक समीक्षा तथा प्रशंसा पत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ।

चालु आर्थिक वर्ष २०८२र०८३ का लागि प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी कार्यालय दार्चुलाबीच सम्पन्न वार्षिक कार्यसम्पादन सम्झौताअनुसार “नेपाल प्रहरीका प्राथमिकता क्षेत्र पहिचान गरी नवप्रवर्द्धनात्मक कार्य सञ्चालन गर्ने” लक्ष्यसहित उक्त मूल्याङ्कन कार्यक्रम सञ्चालन गरिएको हो।

मंगलबार (आज) सम्पन्न प्रथम त्रैमासिक समीक्षामा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न प्रहरी इकाइका प्रमुखहरूलाई सम्मान गरिएको छ।

सम्मानित हुनेहरूमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरका कार्यालय प्रमुख प्रहरी निरीक्षक निरज सिंह भाट, इलाका प्रहरी कार्यालय रिठाचौपाताका प्रमुख प्रहरी नायब निरीक्षक प्रेमबहादुर साउद, प्रहरी चौकी दल्लेखका चौकी प्रमुख प्रहरी सहायक निरीक्षक दिर्घबहादुर ऐर तथा अस्थायी प्रहरी पोस्ट धुलिगडाका पोस्ट इन्चार्ज प्रहरी सहायक निरीक्षक हर्कबहादुर ऐर रहेका छन्।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक गौरव महतले प्रशंसा पत्र प्रदान गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
कार्यक्रममा बोल्दै डिएसपी महतले कार्यसम्पादन मूल्याङ्कन प्रणालीलाई थप प्रभावकारी बनाउँदै प्रहरी सेवाको गुणस्तर सुधार र उत्तरदायित्व अभिवृद्धिमा जोड दिन निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?