दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ५ मा रहेको सल्लेधार माबि मुरैमा १५ कोठे सुविधासम्पन्न विद्यालय भवन निर्माणाधिन अवस्थामा छ । मार्माको केन्द्र लटिनाथबाट करिब तीन घण्टाको उकालो चढेपछि पुगिने माबि मुरैमा संघीय सरकारको विशेष अनुदान सहयोगमा ६ करोड ७० लाख बजेट अन्तरगत ठेक्का प्रकृयामार्फत घटाघटीमा निर्माण व्यवसायी छनोट गरेर विद्यालय भवन निर्माण भइरहेको मार्मा गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष सुरेन्द्र महताले जानकारी दिनुभयो ।

तीन बर्ष पहिलेदेखि निर्माणाधिन भवन अन्तरगत पहिलो तला ढलान भइसकेर अहिले दोस्रो तलामा काम भइरहेको छ । पहिलो चरणमा ७५ लाख, दोस्रो चरणमा दुई करोड निकासा भइसकेको र चालु आर्थिक बर्षमा बाँकी रकम निकासा हुनुपर्नेमा बजेट निकासा भएको छैन् । चालु आर्थिक बर्षभित्र सम्पन्न गर्नुपर्ने उक्त विद्यालय भवनमा अहिले निर्माण कार्य सुस्त गतिमा भइरहेको वडाअध्यक्ष महताले बताउनुभयो । निर्माणको काम समयमै सपन्न गर्न ठेकेदारसंग उहाँले अनुरोध गर्नुभएको छ । गाउँपालिकाबाट माग गर्नेबेला गल्ती भएकोले तेस्रो चरणको बजेट निकासा नभएको कारणले समेत भवन निर्माणमा ढिलाइ भइरहेको बताइएको छ ।

कक्षा १० सम्म पढाइ हुने उक्त विद्यालयमा १४ जना शिक्षक जनशक्ति र ३१८ जना विद्यार्थी अद्ययनरत छन् । पुराना भवन भत्किसकेकोले अहिले विद्यार्थीहरुलाई चौरमा राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाद्यापक कृष्णसिह बोहराले जानकारी दिनुभयो । भवनसंगै सुविधायुक्त सौचालय, फर्निचर र गार्डरुम सहितको घेरपर्खाल समेत निर्माण हुने विद्यालयले जनाएको छ । सुविधासम्पन्न भवन निर्माण सम्पन्न भइसकेपछि सिसिटिभी सहित स्मार्टबोड, प्रोजेक्टरको व्यवस्था गर्ने योजना रहेको प्रधानाद्यापक बोहराले बताउनुभयो ।

स्थलगत भिडियो रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस

No description available.

No description available.

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

एसईई नतिजाः दार्चुलाका विद्यालयमा लटिनाथ मावि खार प्रथम, पालिकामा महाकालीको धेरै (विस्तृत)

२०८२ असार १५, आईतवार १७:५९ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?