दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा अवस्थित गोकुलेश्वर माध्यमिक विद्यालयमा तीनदिने शैक्षिक साम्रगी निर्माण कार्यशाला गोष्ठी सञ्चालन गरिएको छ ।

गोकुलेश्वर माध्यमिक विद्यालय गोकुलेश्वरको आयोजनामा सञ्चालन गरिएको गोष्ठी तीनदिनसम्म सञ्चालन हुने विद्यालयका सूचना अधिकारी तिर्थराज पन्तले जानकारी दिनुभयो । कार्यशालामा गोष्ठीमा शिक्षण सिकाई क्रियाकलाप, पेशागत क्षमता अभिवृद्धि लगायतका बारेमा छलफल सहित समिक्षा गरिने छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी प्रशाद जोशीको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजय सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बहादुर बिष्ट, शिक्षक, अभिभावक , शिक्षाप्रेमी लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?