एनपीएलका लागि सुदूरपश्चिमले रिटेन गर्‍यो ६ खेलाडी

दार्चुला । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि सुदूरपश्चिम रोयल्सले ६ खेलाडी रिटेन गरेको छ ।

सुदूरपश्चिमले सामाजिक संजालमार्फत कप्तान दीपेन्द्रसिंह ऐरीसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको छ । रिटेन हुने खेलाडीमा ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद छन् ।

अघिल्लो संस्करणमा सुदूरपश्चिम उपविजेता बनेको थियो ।अर्जुन कुमाल, नरेश बुढाथोकी, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई भने सुदूरपश्चिमले रिलिज गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?