दार्चुला । नेकपा (माओवादी केन्द्र) मार्मा गाउँकमिटी सदस्य एंव निर्माण व्यवसायी भरतबहादुर सिंहले माओवादी केन्द्र परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
सिंहले आजकै मितिबाट माओवादीको कुनैपनी जिम्मेवारीमा नरहने घोषणा सहित नेकपा (एमाले) प्रवेश गरेको एमाले जिल्ला कमिटी सचिव उमेश राज जोशीले जानकारी दिनुभयो । सिंह पछिल्लो समय एमालेसंग नजिक रहेका थिए ।
सिंहलाई पार्टी कार्यालय दार्चुलामा एमाले प्रदेश कमिटी सचिवालय सदस्य एवं दार्चुला क्षेत्र नम्बर ‘ख’ इन्चार्ज देब सिंह महर, प्रदेश कमिटी सचिवालय सदस्य प्रेम सिंह धामी, प्रदेश कमिटी सदस्य उमेश सिंह खत्री, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, सचिव उमेश राज जोशी, उप–सचिव कर्ण बहादुर खडायत र कमला बिष्ट लगायत नेता कार्यकर्ताहरुले खादामाला सहित पार्टीमा स्वागत गरेका छन् ।





प्रतिक्रिया