आशिष माल, पोल्यान्ड । समय, परिस्थिति र विवसता यी तिनै कारणले आफ्नो जन्म घर, आमा बाबा, प्रिय जीवन संगेनि नाबालक छोरो साथी भाइ अनि सुखदु:खमा साथ दिने प्यारो बस्तीबाट सपनाको संसार सजाउनको लागि सुनौलो भविष्यको खोजीमा निस्केको एक प्रदेशी भित्र म पनि पर्दछु । प्रदेशीनु रहरले भन्दापनि बाध्यता, जिम्मेवारी दुबै पूरा गर्ने सपना बोकेर परदेशीन बाध्य भए म पनि ।
जव समय र कालखण्ड फेरिदै गयो ममा जिम्मेवारी र परिचय पनि फेरिदै गयो । त्यसैले हिजो ‘बुवा आमा’को आश्रयमा बस्ने आज न आँखाले देख्न सक्ने न त सजिलै भेट्न नै सक्ने गरि बादलपारीको देशबाट केवल यादमा पौडिरहेको छु म प्रदेशी । प्रदेशी (परदेशी) शब्द नै भन्दा र सुन्दा नै कस्तो नमिठो लाग्छ। बिरानो बिछोडिएको फेरी भेट हुन्छ होला कि हुन्न होला भन्ने कुरा मनमा खुल्दुली चलाइ दिने शब्द झै बन्यो प्रदेशी।
जब समयको चक्र फेरिदै गयो मेरो आवश्यकता र जिम्मेवारी पनि संगै फेरिदै गए । जव यी सबै कुरा थपिदै गए यी आवश्यकता पुरा गर्ने सजिलो र स्पस्ट बाटो बन्यो मेरो लागी प्रबास। अनि आफ्ना सबै सपना मन भरी पोको पारेर भविष्यको खोजीमा लाखौ मान्छेको हुलमा आफु एक्लिएको अनुभुति गर्दै त्रिभुवन अन्तरास्ट्रिय विमान स्थलबाट बाइ बाइ गर्दै अन्तिममा प्रदेशी भए । त्रिभुवन अन्तरास्ट्रिय बिमान्स्थल बाट अबुधाबी दुबै, दुबै बाट फ्रान्स फ्रान्स, बाट जर्मन जर्मन हुँदै अन्तिम केन्द्र बिन्दु थियो क्रोसिया इयर्पोट दुई दिनको चील गाडिएको यात्रा लाई बिट मार्दै पुगियो सपनाको संसार सजाउन हिडेको देश क्रोसिया। तेता पनि चुल बुले मनले मान्दै मानेन क्रोसियाको १५ दिनको बसाई पछि पैसाको लोप र लालचले राम्रो देश भनेर चिनिएको देस पोल्यान्ड छिर्ने पर्यतन गरियो क्रोसिया बाट दुई दिनको बसको यात्रा पछि पुगियो पोल्यान्डको वार्सा भन्ने सहर मा ।
“सर्पको खुट्टा सर्पले मात्र पो देख्छ” बिचरा वल्लो डालीमा रुने न्याउलीको रोदन कहा पल्लो डालीमा नाच्ने मयूर बुझ्छर। सबैको सपना बोकेर प्रदेशिएको प्रदेशी भएकै दिनबाट घरमा पैसा आउने दिन गनेर बस्नु अनौठो कुरा थिएन । तर बिडम्बन यो सहर भित्रको रहर हामीले कल्पना गरेको भन्दा जति सुन्दर र बिकसित छ त्यती स्वार्थी र निरिह पनि रहेछ ।
प्रदेशमा केके समस्या बाधा अर्चन आउछन्, भन्ने कुरा के थाहा र पैसा आउने दिनको लागी औला भाच्दै बस्ने बुवा आमालाई।
“मनको बह कसैलाइ नकह” भने झै कसैसँग नबोलु सम्पर्क बिहिन भइहालौ भने पनि लौ फलानो ठुलो पल्टियो के बिदेश गएको थियो हामीलाई नगन्ने भो भन्छन्। सम्पर्क बढायो सन्चो बिसन्चो काम के कस्तो छ भनेर सोध्नु भन्दा पहिले त्यहाँ त फलानो सामान ओरिजिनल पाइन्छ रे अनि आइफोन पाइन्छ जस्ता कुरा सुन्नुपर्छ। कुरा धनसँगनै जोडिन्छ। लौन हाम्लाइ पनि एउटा सम्झनाको चिनो पठाइ दे हामी पनि हुने खाने भए हेरुला भनेर गुनासो पोख्छन बिचरा। तिनीहरुलाई पनि के थाहा केटोले आइफोनले है सामान्य मोबाइलले गुजारा चलाएको छ भन्ने। यहाँ कति हन्डर कति ठक्कर खाइएको छ त्यो केबल मलाई र म जस्तै ठक्कर खाने अन्य नेपाली लाई पनि मात्र थाहा छ १२-१२ घन्टा काम गरेर साझ रुम पर्कदा खाना खादै गाउँ सम्झेर आखा भरि आँसु बनाएर भात खाने मध्येको एक म पनि पर्छु । भनिन्छ दुख गरे पछि सुख आउँछ रे खै हेर्दै छु तेसैको पर्खाइमा छु कैले आउने रैछ कहाँ पुगेको छ ।
हो साच्चै प्रदेशी पनि दुई ‘प्रकारका हुदा रैछन । एक थरी आफुले नै पत्ता लाएर म मात्र कोही नगएको कसैले नदेखेको उपग्रहमा नै छु झै गर्ने अहमताबादीको भुमरीमा घमन्डको मुकुन्डो ओढेर बस्ने। अर्का यथार्थ र बास्तविकताको दुनियाँलाई सुख र दु:खको चक्र सम्झने परिवारप्रेमी भविष्यको चिन्ता गर्ने प्रदेशी।
आखिर जो जस्तो प्रदेशी भए पनि यथार्थमा प्रदेशी पिडा, समस्या र स्वतन्त्रताको परिधिबाट अलग्गै बस्न सक्दैन। त्यसैले त सबैको सपना पुरा गर्ने लक्ष्य बोकेको प्रदेशी कहिले आधा पेटमा दिन बिताएको हुन्छ कहिले राता सुनिएका आँखा अनिधोको प्रमाण लिएर आँखा मिच्दै डिउटिको लागि दौडिरहेको हुन्छ। भोलीको खुसीको लागी मन्द मुस्कान बोकेर। युद्धमा होमि सकेको सिपाही झै सायद त्यो भित्र पनि पर्दछु।
साँच्ची प्रदेशी बलि रहेको “मैन” बत्ती झै रहेछ । आफु पग्लिएर आफु सधै अध्यारो भएर पनि परिवारको उज्यालोको लागी अलि कति सास बाँकी हुँदासम्म बलिरहेको हुन्छ प्रदेशी अनि अवरात डुंगा खिहाइ रहने ‘माँझी’ झै पनि हो प्रदेशी, कतिलाइ पारी तार्छ तर आफु सधै वारीको वारी भए झै आफु नोकरी गरेर परिवारलाई तलवको जिम्मा लगाइ दिन्छ प्रदेशी । बचेरा गुंडमा छोडेर आहरा खोज्न हिडेको चरी झै हो प्रदेशी, कहिले आउछ र खाउला भनि पर्खिबसेका बचेराहरु शिकारीको पासोबाट चारो टिपेर आउने नआउने कुनै ठेगान नभएको सुत्केरी चरी झै!! विरानो बस्तीमा सपनाको महल बनाउदै दु:ख र पसिना संगै पौडी खेल्ने साहसी हो प्रदेशी, आधा बाटोमा हराएका गन्तव्य बिहिन यात्रालाई मुल बाटो सम्म पुर्याउने सपना देखेको बटुवा हो प्रदेशी,बर्षौ देखि चुएको छानो र फाटेको आमाको चोली फेरिदिने सपना बोकेर हिडेको कालो बादल भित्रको चादीको टुक्रा हो प्रदेशी ।
अपसोच। मनमा “जननी जन्म भुमिस्वम स्वर्गदपि गरियसी” हुँदाहुँदै पनि कहाँ हो कहाँ चिन्दै नचिनेको देख्दै नदेखेको दुनियासंग श्रमको साइनो गासेर पिडा हुँदा पनि मुस्कुराइ मुस्कुराइ हिड्नु पर्ने रमितेको सहरमा गुम्सिएका रहरहरु लिलाम बिक्रिमा राखेर सुनौलो भविष्यको लागी सुनौलो सपनाको लागी भन्दै प्रदेशीको बिल्ला भिरेर कहिले सम्म भौतारी रहनु पर्ने हो यो श्रम लुटिएको शहरमा ।
आशिष् माल
हाल सातसमुद्र पारी युरोप (पोल्यान्ड 🇪🇺🇵🇱)





प्रतिक्रिया