दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले एसईई २०८१ को नतिजाको समिक्षा गरेको छ ।
नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनमा माध्यमिक तह सञ्चालित विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु र प्रध्यानाध्यापकहरुको सहभागितामा एसईई २०८१ को नतिजाको समिक्षा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बिष्टले जानकारी दिनुभयो ।
नगरपालिकाभित्रका १३ वटा सामुदायिक र एक संस्थागत (चौलानी बोर्डिङ) स्कुलका पदाधिकारीहरुको उपस्थितिमा समिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । जसमध्ये सामुदायिक विद्यालयहरुमध्ये ६५ प्रतिशत नतिजा ल्याउन सफल लटिनाथ माध्यमिक विद्यालय तल्चौराका प्रध्यानाध्यापक हर्क बहादुर चन्द र संस्थागत विद्यालयमा शत प्रतिशत नतिजा ल्याउन सफल (चौलानी बोर्डिङ) स्कुलका संयोजक दयाकृष्ण पन्तलाई नगरपालिकाले सम्मानित गरेको अधिकृत बिष्टले बताउनुभयो ।
त्यस्तै गत वर्षको तुलनामा नतिजामा सुधार ल्याउने र कम नतिजा ल्याउने विद्यालयहरुसंग छलफल गरिएको छ, भने आगामी वर्षको शैक्षिक कार्ययोजना माग गरि समिक्षा गरिएको छ । नगरभित्र शुन्य नतिजा ल्याउने बद्रीनाथ माध्यमिक विद्यालय बोहरीगाउँलाई तुरुन्त विद्यालयमा बैठक राखेर शुन्य नतिजा ल्याउनुको कारण पत्ता लगाउन निर्देशन दिईएको छ । नगरपालिकाको टिमले पनी विद्यालयको निरीक्षण गरेर कमजोरी पत्ताा लगाई सोही अनुसार कमजोरी पत्ताा लगाई शैक्षिक सुधारमा ध्यान दिने निर्णय गरेको छ ।
कार्यक्रममा विद्यालयहरुको शैक्षिक शत्र २०८२ को कार्ययोजनामाथि छलफल गरी १७ वुदेँ कार्यसम्पादन सम्झैता गरिएको छ । सम्झैतामा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बिष्ट र सम्बन्धित विद्यालयका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।
शैल्यशिखर नगर प्रमुख विजय सिंह धामीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा उप–प्रमुख शान्ती खडायत, प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बिष्ट, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रध्यानाध्यापक शिक्षाप्रेमी लगायत सरोकारवालाहरुको आतिथ्यता रहेको थियो ।





प्रतिक्रिया