
नेपालको संविधान २०७२ (प्रारम्भिक घोषणा मिति: २०७२ असोज ३) मा निजामती सेवा ऐन सम्बन्धी थुप्रै महत्वपूर्ण प्रावधानहरू उल्लेख गरिएका छन्। संविधानले संघीय संरचनाअनुसार निजामती सेवा व्यवस्थापनको दिशा निर्धारण गरेको छ। अनुच्छेद २८५ मा सरकारी सेवाको गठन अन्तर्गत संघीय निजामती सेवा(Federal Civil Service) संघ सरकारअन्तर्गत संघीय निजामती सेवा सञ्चालन गर्न ऐन बनाउने व्यवस्था ,संघ सरकारले निजामती सेवाको सञ्चालन, नियमन, नियुक्ति, पदोन्नति र सेवा शर्तहरूका लागि कानून बनाउने,संघीय निजामती सेवामा नियुक्ति लोक सेवा आयोगको सिफारिसमा हुने तथा सेवामा समावेशिता (जसमा महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपांगता भएका व्यक्ति, पिछडिएको क्षेत्र आदि समेटिएका छन्) सुनिस्चित गरिने कानूनी प्रबन्ध छ | प्रदेश निजामती सेवा(Provincial Civil Service)प्रत्येक प्रदेशले आफ्नै निजामती सेवा सञ्चालन गर्ने ,प्रदेश निजामती सेवा ऐन जारि गर्ने ,नियुक्ति प्रदेश लोक सेवा आयोगको सिफारिसबाट गर्ने गरि ब्यबस्था गरिएको छ | स्थानीय तहमा प्रशासनिक कार्य सञ्चालनका लागि स्थानीय सेवा(Local Service) को प्रबन्ध गरिएको छ | संघीय कानुनले स्थानीय सेवा सम्बन्धी आधार तय गर्नुका साथै निजामती सेवासम्बन्धी अन्य व्यवस्थाहरू(Other Provisions Related to Civil Service)निजामती सेवा, प्रदेश सेवा र स्थानीय सेवा सञ्चालन, समायोजन, तालिम, अनुशासन, पेन्सन, सेवा सुरक्षालगायतका विषयमा संविधानअनुसार कानून बनाइने स्पष्ट व्यवस्था गरेको छ | संघीय निजामती सेवामा नियुक्ति, पदोन्नति, अनुशासन आदि विषयमा सिफारिस दिने अधिकार र स्वतन्त्र, निष्पक्ष र पारदर्शी नियुक्ति सुनिश्चित गर्ने जिम्मेवारी समेत लोक सेवा आयोगलाई प्रदान गरेको छ भने संक्रमणकालीन व्यवस्था बमोजिम निजामती सेवाको कर्मचारी संघ, प्रदेश, स्थानीय तहमा समायोजन गर्न सकिने उल्लेख भए बमोजिम अधिकांश कर्मचारीहरू समायोजन प्रक्रियाबाट संघ ,प्रदेश र स्थानीय तहमा समायोजन ऐन बमोजिम समायोजन गरेर पदस्थापन/ खटाइएका छन् |
नेपाल सरकारले सरकारी सेवा र अन्य सेवाका कर्मचारीलाई संघ ,प्रदेश र स्थानीय तहको सेवामा समायोजन गर्ने सम्बन्धमा कर्मचारी समायोजन ऐन २०७५ जारि गरि सोहि ऐन बमोजिम साबिक निजामति सेवा ऐन बमोजिमका कर्मचारीहरु , साबिकका स्थानीय निकायबाट नियुक्ति पाएका कर्मचारिहरु , प्रदेश वा स्थानीय सेवा हस्तान्त्रण भएका समिति ,आयोग , प्रतिस्ठान वा संगठित सस्थाका स्थायी कर्मचारीहरु , बिबिध सेवा , संसद सेवा र साबिक स्वास्थ सेवा ऐन बमोजिम का कर्मचारीहरु लगायत सम्पूर्ण स्थायि कर्मचारी लाई तिनै तहमा समायोजन गरि प्रशासनिक संघियता कार्यान्वयनमा रहेको अवस्था बिधमान छ | संघियता कार्यान्वयनको शिलशिलामा कर्मचारी अभावको कारण बिभिन्न मितिमा अस्थायी ,करार र ज्यालादारी कर्मचारीको रुपमा ठुलो संख्यामा कर्मचारिहरु तिनै सरकारको निकायमा कार्यरत रहेका छन र सेवा प्रभाहमा उल्लेख्य भूमिका निर्वाह समेत गरेको पाइन्छ | हालसम्म संघिय निजामति सेवा ऐन जारि हुन् नसक्दा प्रदेश हरुले जारि गर्ने प्रदेश निजामति सेवा ऐन, नियमावलीहरु र स्थानीय सेवा ऐन हरु प्रदेश सरकारले जारि गरेपनि कार्यान्वयनको अवस्था र कर्मचारीका सामुहिक समस्यामा कुनै परिवर्तन भएको छैन | देशमा अहिले करिव दुई तिहाई नजिक संख्या रहेको प्रमुख राजनैतिक दलहरुको संयुक्त सरकार र संघिय गणतन्त्रात्मक शाशन ब्यबस्था लाई स्वीकार गर्ने सार्वभौम संसद छ | जनताबाट निर्वाचित जनप्रतिनिधिहरुको ध्यान ऐन ,नियम बनाउने ( निजामति सेवा ऐन , बिधालय शिक्षा ऐन …….) जारि गर्ने तर्फ भन्दा पनि अल्पकालीन योजना निर्माण गर्ने र बजेट केन्द्रित कार्यक्रममा बढी गएको जनतालाई महसुस हुने गरि गतिबिधि अगाडी बढेको विभिन्न संचारमाध्यममा सुन्न र देख्न पाईन्छ | सोको प्रतिक्रिया स्वोरुप जनतामा समग्र व्यबस्थाप्रति नै निराशा उत्पन्न गर्ने उत्प्रेरकको रुपमा प्रदेश सरकारले काम गरिरहेको आभाष जनताले गरेका छन् | निजामति कर्मचारीको परिभाषा भित्र सम्पूर्ण तहमा कार्यरत कर्मचारी लाई समेट्नुपर्ने र नेपालको संविधानले प्रदत्त गरेको ट्रेड युनियन अधिकार र आधिकारिक ट्रेड युनियन को ब्यबस्था ऐन मा नै किटानी साथ लेखिनुपर्नेमा सम्पूर्ण ट्रेड युनियनहरुको जोड रहेको छ | संघिय निजामति सेवामा तहगत प्रणाली लागु गर्ने , उमेर हद ६० बर्ष हुनुपर्ने,