दार्चुला। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको चीन भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ताको क्रममा लिपुलेकबारे कुरा उठाउने बताउनुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा चीन भ्रमणबारे सदनलाई जानकारी गराएर फर्किने क्रममा सञ्चारकर्मीहरूले भ्रमणका क्रममा लिपुलेकको कुरा त उठाउनुहुन्छ रु भन्दै प्रश्न सोधेका थिए।
त्यसको संक्षिप्त जवाफ दिँदै उहाले भन्नुभयो, ‘अवश्य उठ्छ ।’
प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा भोलि चीन भ्रमणमा जाँदै हुनुहुन्छ। सदनमा भ्रमणबारे जानकारी गराउँदा सीमाबारे बोल्नु भएन।
‘नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी मेरो नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काम गर्नेछ । त्यसमा विश्वस्त रहन आग्रह गर्छु’ प्रधानमन्त्री ओलीले संसदमा बोल्दै भन्नुभएको थियो ।
भारत र चीनबीच लिपुलेकबारे नयाँ सम्झौता भएपछि त्यसबारेमा भ्रमणको क्रममा स्पष्ट अडान राख्न प्रधानमन्त्रीमाथि चर्को दबाब छ।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसँग भेट्ने निश्चित भएपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अझै अनिश्चित छ। ओली चीनबाट फर्केलगत्तै भारतको पनि औपचारिक भ्रमणमा जाँने तालिका रहेको छ ।





प्रतिक्रिया