मनसुनजन्य विपदबाट प्रभावित दार्चुलाका तीन सय १६ घर पुनर्निर्माण

दार्चुला। सरकारले मनसुनजन्य विपदबाट प्रभावित दार्चुलाका तीन सय १६ घर पुनर्निर्माण गरिदिएको छ । विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यक्रममार्फत जिल्लाका छ स्थानीय तहका तीन सय १६ घरधुरीको पुनर्निर्माण गरेको छ भने १२ घरधुरी पुनःस्थापना गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाको विपद फाँट प्रमुख नायब सब्बा रामराज पन्तले जानकारी दिनुभयो ।

नेपाल सरकारअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ५० प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र सम्बन्धित स्थानीय तहको २० प्रतिशत बजेटमा विपद् प्रभावित घरहरुको पुनर्निर्माण र पुनःस्थापना गरिएको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७७/७८ देखि यो कार्यक्रम देशैभरी लागू भएको उहाँले बताउनुभयो । दार्चुलामा कार्यक्रममार्फत आव २०७७/७८ मा ३६ जनाको घर पुनर्निर्माण र १५ जनालाई पुनःस्थापना गरिएको छ । आव २०७८/७९ मा तीन सय १६ जनाको घर पुनर्निर्माण र १२ जनाको घर पुनःस्थापना गरिएको उहाँले जानकारी दिनुभयो । आव २०७९/८० र २०८०/८१ मा एक सय जनाको घर पुनर्निर्माण गरिएको छ । यो अवधीमा नौगाड गाउँपालिकाका २६ र दुहुँ गाउँपालिकाका १९ जनाको घर पुनर्निर्माण र पुनःस्थापना गरीएको बताइएको छ । आव २०७७/७८ का ५१ जनामध्ये ५० जनाको घर पुनर्निर्माण र पुनःस्थापना वाफत प्रथम, दोस्रो र तेस्रो किस्ता गरी तीन करोड २० लाख रुपियाँ भुक्तानी गरीएको छ भने एक जनालाई दोस्रो किस्ता वाफत दुई लाख ४५ हजार रुपियाँ भुक्तानी गरिएको उहाँले बताउनुभयो ।

आव २०७८/७९ देखि यताका लाभग्राहीलाई घर पुनर्निर्माण पुनःस्थापना वाफत कार्यसम्पन्नताका आधारमा प्रथम, दोस्रो र तेस्रो किस्ता वापतको रकम भुक्तानी भइरहेको उहाँले जानकारी दिनुभयो । जिल्लाका स्थानीय तहबाट कायम भएका लाभग्राहीहरुलाई घर पुनर्निर्माण लागि आठ लाख पचास हजार र पुनःस्थापनाका लागि पाँच लाख पचास हजार रुपियाँ उपलब्ध गराउदै आइरहेको छ ।

विपद प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यक्रममार्फत नौगाड गाउँपालिकामा आठ घर पुनर्निर्माण र एक घरको पुनःस्थापना गरिएको छ । यस्तै महाकाली नगरपालिकामा २५ घर, ब्याँस गाउँपालिकामा १८ घरको पुनर्निर्माण गरिएको उहाँले बताउनुभयो । जिल्लाको दुहुँ गाउँपालिकामा दुई सय ५९ घर पुनर्निर्माण, ७ पुनःस्थापना, मालिकार्जुन गाउँपालिकामा चार घर पुनर्निर्माण, दुई पुनःस्थापना र मार्मा गाउँपालिकामा दुई घर पुनर्निर्माण र २ पुनःस्थापना गरीएको उहाँले जानकारी दिनुभयो । गोरखापत्र

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?