दार्चुला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रदेश र जिल्ला इन्चार्जको टुंगो लगाएको छ । कार्यविभाजन तथा जिम्मेवारी बाँडफाँड अन्तरगत प्रदेश र जिल्ला इन्चार्जहरू तोकिएको अनेरास्ववियुले जनाएको छ ।
जसअनुसार सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी कल्पना तिमिल्सिना र प्रदेश संयोजकको जिम्मेवारी रोहित बोगटीले पाउनुभएको छ । यस्तै दार्चुला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य नवराज बिष्टलाई दिइएको छ । बैतडी इन्चार्ज प्रतिक्षा ओली, डडेल्धुरा इन्चार्ज कृष्ण धामी, कञ्चनपुर इन्चार्ज यशु थापा, बाजुरा इन्चार्ज प्रेम देवकोटा, बझाङ इन्चार्ज रूपक धामी, डोटी इन्चार्ज लक्ष्मण बहादुर बोहरा, अछाम इन्चार्ज प्रेम देवकोटा र कैलाली इन्चार्जको जिम्मेवारी हरिश न्यौपानेलाई दिइएको छ ।
अनेरास्ववियुले केन्द्रबाट देशभरिका सबै प्रदेश र जिल्लामा पठाएको सर्कुलरमा जिम्मेवारी बाँडफाँडको समेत जानकारी गराएको छ । महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका विद्यार्थी नेताहरूलाई जिम्मेवारी तोकिएको हो ।





प्रतिक्रिया