दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ मा अवस्थित सेटिगाउँ बहुमुखी क्याम्पसमा निःशुल्क रूपमा माध्यमिक तह र निम्न माध्यमिक तहका अध्यापन अनुमति पत्रका कक्षाहरु सुरु गरिएको छ । विद्यार्थीको हक अधिकार र शैक्षिक रुपान्तरणको लागि स्वतन्त्र विद्यार्थी युनियनले सेटिगाउँ बहुमुखी क्याम्पस र क्याम्पस प्रशासनको समन्वयमा निःशुल्क अध्यापन अनुमति पत्रका कक्षाहरु आज बाट सञ्चालन गरिएको स्ववियु सभापति कृष्णसिंह रावलले बताउनुभयो ।
क्याम्पसमै ६ जना दक्ष अनुभवी शिक्षकहरु बाट पढाइ भइरहेको छ, उहाँले भन्नुभयो, जुनसुकै क्याम्पसमा अध्यनरत इच्छुक विद्यार्थीहरुले सहभागी हुन पाउनेछन । स्थानीय क्याम्पसका विद्यार्थीहरूलाई विभिन्न किसिमका तयारी कक्षाहरूका लागि तयारी गर्न यहाँबाट धनगढी महेन्द्रनगर काठमाडौँ लगायतका ठाउँहरूमा जान समस्या हुन्छ, उहाँले भन्नुभयो, आउदा दिनहरूमा अनलाइन माध्यमबाट हामी काठमाडौका इन्सच्युटहरु संग पनि समन्वय गरेर क्याम्पसमै तयारी कक्षाहरु सञ्चालन गर्ने प्रयासमा छौँ ।
स्ववियु निर्वाचनको समयमा गरिएका प्रतिबद्धता अनुसार आफुहरुले काम गरिरहेको र आज लाइसेन्स परीक्षा तयारी कक्षाको क्याम्पस प्रमुख राजेन्द्रप्रसाद जोशीले उद्घाटन गर्नुभएको स्ववियु अध्यक्ष रावलले बताउनुभयो ।





प्रतिक्रिया