डोटीमा मिनि ट्रक दुर्घटना, चालकसहित तीन जनाको मृत्यु

दार्चुला । डोटीमा मिनि ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको छ ।

धनगढीबाट बझाङतर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३४२८ नम्बरकोे खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका वडा नम्बर १ गोल्डेनमा बुधवार बिहान ६ बजेर ५ मिनेटमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी मिनिट्रक चालक बझाङको बुङ्गल नगरपालिका वडा नम्बर २ बस्ने ३३ वर्षको अर्जुन धामी, ३४ वर्षीय उज्वल जाग्री र ४० वर्षीय जगत धामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मिनिट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको जनाइएको छ। तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?