बाजुरामा खोलाले बगाउँदा एकजना बेपत्ता

दार्चुला । बाजुराको गौमूल गाउँपालिकामा खोलाले बगाएर आज एकजना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा गौमूल–३ का ४५ वर्षीय धनबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराले बताउनुभयो। पूर्ववडा सदस्यसमेत रहेका बोहरालाई पानी घट्टका लागि जाँतो तार्ने क्रममा गेरेनी खोलाको बाढीले बगाएको हो।

प्रहरी र स्थानीयले बेपत्ता बोहराको खोजी गरिरहेको प्रहरी निरीक्षक बोहराले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?