दार्चुला । चीनको हुनान प्रान्तमा रहेको एक पटाका उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ६१ घाइते भएका छन् । हिजो दिउँसो भएको घटनापछि जोखिम कायम रहेकाले उद्धार तथा अनुसन्धान कार्य तीव्ररूपमा अगाडि बढाइएको जनाइएको छ ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार विस्फोट चाङ्सा शहर अन्तर्गतको औद्योगिक क्षेत्रमा रहेको एक कारखानामा भएको हो । विस्फोटपछि कारखानाका धेरै संरचना ध्वस्त भएका र केही ठाउँमा अझै सेतो धुवाँ उठिरहेको देखिएको छ, जसले घटनास्थल अझै पूर्णरूपमा सुरक्षित नभएको सङ्केत गर्दछ ।

विस्फोट नजिकै रहेका दुई वटा उच्च जोखिमयुक्त बारुद भण्डारका कारण थप दुर्घटनाको सम्भावना रहेकाले आसपासका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । अहिलेसम्म विस्फोटको कारण खुलेको छैन ।

सम्बन्धित निकायले अनुसन्धान शुरू गरिसकेका छन् भने प्रहरीले कम्पनीका जिम्मेवार व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । यस घटनापछि चिनियाँ राष्ट्रपति सी जिनपिङले बेपत्ता व्यक्तिको खोजी तथा घाइतेको उद्धारमा सम्पूर्ण प्रयास गर्न निर्देशन दिनुभएको छ ।

उहाँले घटनाको कारण चाँडो पत्ता लगाई जिम्मेवारमाथि कडा कारबाही गर्न र औद्योगिक क्षेत्रमा सुरक्षा व्यवस्थालाई अझ कडा बनाउन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?