दार्चुला । दार्चलाको लेकम गाउँपालिका वडा नम्बर २ का वडा सदस्य बाशुदेव भट्टको निधन भएको छ ।
मंगलबार राती ११ बजे ४८ वर्षको उमेरमा ह्रदयघातका कारण वडा सदस्य भट्टको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
राती खाना खाएर सुतेको केहि बेरमा भट्ट मृत अवस्थामा फेला पर्नुभएको लेकम गाउँपालिका वडा नम्बर २ कै वडा सदस्य पदम राज जोशीले बताउनुभयो ।
उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । गाउँका मुखिया एबं समाजसेवी भट्टको निधनप्रति आफन्त, इष्टमित्र र शुभचिन्तक तथा राजनीतिक दलका नेता, कार्यकर्ताहरुले दुख व्यक्त गरेका छन् ।
मृतक भट्टका तीन छोरा र एक छोरी छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया