राजनीतिमा पनि आउन सक्छु तर प्राथमिकता क्रिकेट व्यवस्थापनः पारस खड्का

काठमाडौं । नेपाली क्रिकेट राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले आफू राजनीतिमा पनि आउनसक्ने सम्भावना औंल्याउनुभएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गर्दै पारसले तर आफ्नो पहिलो प्राथमिकता क्रिकेट संघमा जाने रहेको प्रष्ट्याउनुभयो । क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्ने उहाँको प्रष्टोक्ति थियो ।

संघमा कुन भूमिकामा रहने भन्ने निश्चित नभएको तर आजबाट करियर शुरु भएको र यो चुनौतिपूर्ण रहेको उहाँले बताउनुभयो ।

क्रिकेट एकेडेमी खोल्ने र त्यसलाई देशभर लैजाने योजना सुनाउँदै पारसले भन्नुभयो, ‘म क्रिकेटबाट टाढिएको होइन, अब बेग्लै भूमिका हुन सक्छ । यो मैले धेरै सोचेर लिएको निर्णय हो ।’

त्यस्तो एकेडेमी केही महिनामै उद्घाटन गरिने जानकारी दिँदै उहाँले हिजोसम्म प्यासनले ड्राइभ गरेको थियो आजबाट करियर शुरु भयो भन्नुभयो ।

नेपाली क्रिकेट यहाँसम्म आउनुमा आफ्नो मात्रै भूमिका नरहेको प्रष्ट्याउँदै उहाँले नेपालले टेष्ट मान्यता पाओस् भन्ने आफ्नो सपना रहेको भन्दै थप्नुभयो, ‘मेरो लाइफटाइममा नेपाल टेष्ट क्रिकेट खेल्ने राष्ट्र बनोस् भन्न चाहन्छु ।’

आगामी दिनमा क्रिकेटलाई कसरी राम्रो गर्न सकिन्छ भनेर क्यानसहितका अधिकारीलाई सुझाव दिनसक्ने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?