कक्षा १२ को परीक्षा स्थगित, एसईईको नतिजा प्रकाशित

दार्चुला । कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले कोरोना महामारीको कारण परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले साउन ३१ गतेदेखि होम सेन्टरमै परीक्षाको तयारी गरे पनि स्वास्थ्य मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रसमक्ष परीक्षा रोक्न सिफारिस गरेको थियो । महामारीको बढ्दो रुप र माथिल्ला निकायको निर्देशन अनुसार परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।

अब कोरोना महामारीको अवस्था हेरेर सीसीएमसी र स्वास्थ्य मन्त्रालयको सुझाव र निर्देशन अनुसार अर्को मितिमा परीक्षा हुने शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिनुभयो । परीक्षा हुनुभन्दा कम्तिमा १५ दिनअघि सूचना निकालिने सचिव थपलियाले बताउनुभयो ।

परीक्षा स्थगित हुने र नहुने हल्लाका कारण विद्यार्थी अन्योलमा रहेकोमा अब विद्यार्थीको अन्योल हटेको छ ।

यसैबिच राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो ।

विद्यालयबाट आएको मूल्यांकनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले यो वर्ष पनि बोर्डले नतिजा विश्लेषण नगरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले विद्यालयले पठाएको मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले जीपीए छुट्याएर विश्लेषण गर्न बोर्डले आवश्यक ठानेन ।’

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फ प्राप्त गर्न सकिने बताएको छ ।

बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने बताएको छ ।

त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थाबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कन्सेपट प्लस, एडुसञ्जाल, नेपाल टेलिकम, ईकान्तिपुर र एनसेलको वेबसाइटबाट सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?