दार्चुला । नेकपा माओबादी केन्द्रले दार्चुलाको नौँगाड गाउँपालिकाका सबै वडामा वडा कमिटी गठन गरिरहेको छ । साउन २२ गतेदेखि गाउँपालिकाका विभिन्न वडाहरुमा वडा कमिटी गठन गर्ने र कार्यक्रता भेलाको आयोजना भइरहेको नेकपा माओबादी केन्द्र दार्चुलाले जनाएको छ ।
साउन २२ गते शुक्रबार वडा नम्बर ६ मा २९ सदस्यिय वडा कमिटी गठन गरिएको छ । वडा नम्बर ६ का वडाअध्यक्ष गोरे धामीको अध्यक्षतामा आयोजित कार्यक्रममा माओबादी केन्द्रका जिल्ला कमिटी सचिवालय सदस्य धनिराम सिह ठगुन्ना प्रमुख अतिथि रहनुभएको थियो । जिल्ला कमिटी सचिवालय सदस्य दलजित सिह धामीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन गाउँ कमिटी सचिव राजेन्द्र बोहराले गर्नुभएको थियो । वडा नम्बर ६ मा मानसिह धामीको अध्यक्षतामा २९ सदस्यिय वडा कमिटी गठन गरिएको छ । कमिटीको सचिवमा मदनसिह ठगुन्ना रहनुभएको छ ।
यस्तै साउन २३ गते शनिबार वडा नम्बर ५ मा आयोजित कार्यक्रममा गगनसिह ठगुन्नाको अध्यक्षमा २९ सदस्यिय कमिटी गठन गरिएको छ । ५ नम्बर वडा कमिटीमा सचिवको जिम्मेवारी कृष्ण सिह ठगुन्नालाई दिइएको छ । जयभानसिह ठगुन्नाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन किसनसिह ठगुन्नाले गर्नुभएको थियो ।
यस्तै साउन २४ गते आइतबार वडा नम्बर ४ सिप्टीमा पानसिह ठगुन्नाको अध्यक्षतामा २९ सदस्यिय वडा कमिटी गठन गरिएको छ । सचिवको जिम्मेवारी सुरेन्द्रराम टमटाले पाउनुभएको छ । पानसिह ठगुन्नाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य धनिराम सिह ठगुन्नाको प्रमुख आतिथ्यता र दलजित सिह धामीको विशिष्ट आतिथ्यता रहेको थियो ।
यहि साउन २८ गतेभित्र सबै वडामा कमिटी विस्तार गरिसक्ने माओबादी केन्द्रले जनाएको छ । २६ गते ३ नम्बर, २७ गते २ नम्बर र २८ गते वडा नम्बर १ मा वडा कमिटी गठन गर्ने तयारी रहेको माओबादी केन्द्रका सचिवालय सदस्य दलजित सिह धामीले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया