आज सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

दार्चुला । आज सुदूरपश्चिम, प्रदेश १ र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । यी तीन प्रदेशका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश नम्बर १ मा भने आज राति पनि ठूलो पानी पर्ने सम्भावना छ । देशका अन्य क्षेत्रमा भने आज पनि हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

देशका धेरै ठाउँको मौसम यतिबेला आंशिकदेखि सामान्य बद्ली भएको छ । दिउँसोपछि भने देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली हुने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?