राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकको अध्यक्षता मोदीले गर्ने

दार्चुला । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रसंघीय सुरक्षा परिषद् वैठकको अध्यक्षता गर्नुहुने भएको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार भर्चुअल सम्मेलनको अध्यक्षता मोदीले गर्नेु हुने छ । अगस्ट महीनाका लागि परिषद्को अध्यक्षमा भारत चुनिएपछि मोदीले अध्यक्षतामा रुचि देखाउनु भएको हो ।

नेपाली समयानुसार आज बेलुका हुने सम्मेलनमा सामुन्द्रीक सुरक्षाको विषयमा छलफल हुने जनाइएको छ । मोदी सुरक्षा परिषद्को अध्यक्षता गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुनु हुनेछ ।

भारतले आफ्नो अध्यक्षताको कार्यकालमा सामुन्द्रीक सुरक्षा, शान्ति सेनामा सहभागिता र प्रतिआतंकवाद जस्ता मुद्दामा छलफल चलाउने भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?