१३ औं साफ माल्दिभ्समा हुने, नेपालको प्रस्ताब अस्वीकृत

दार्चुला । दक्षिण एशियाली फुटबल (साफ) च्याम्पियनशीपको १३ औं संस्करण माल्दिभ्सले आयोजना गर्ने तय भएको छ । आगामी अक्टोबर १ देखि १३ सम्म साफ च्याम्पियनशीप माल्दिभ्समा हुने तय भएको हो ।

दक्षिण एशियाली फुटबल संघ९साफ०को कार्यकारी समितिले सोमबार साफ फुटबलको आयोजना माल्दिभ्सलाई दिने निर्णय गरेको हो । नेपाल र माल्दिभ्स दुबै राष्ट्रले आयोजनाको प्रस्ताब पठाएको थियो । माल्दिभ्सको प्रस्ताब स्वीकृत भएको साफले जनाएको छ ।

साफले एक वक्तब्य जारी गरी माल्दिभ्समा कोभिड १९ सङ्क्रमणको जोखिम अपेक्षाकृत कम रहेकोले उसको प्रस्ताब स्वीकृत गरिएको उल्लेख गरेको छ । यसअघि माल्दिभ्स र श्रीलङ्काले संयुक्त रुपमा सन् २००८ को साफ आयोजना गरेको थियो । माल्दिभ्सले घरेलु मैदानमा उपाधि हात पार्न सफल भएको थियो ।

साफको १३ औं संस्करणमा माल्दिभ्स, बङ्गलादेश, नेपाल, श्रीलङ्का र भारतले सहभागी हुने सुनिश्चित गरिसकेको छ । भुटानले अबको तीन महिनाभित्र आफ्नो सहभागिताबारे निर्णय लिनेछ ।

नेपालले यसअघि सन् १९९७ र सन् २०१३ मा गरी दुई पटक साफ च्याम्पियनशीप आयोजना गरेको छ । साफ च्याम्पियनशीपमा भारत सबैभन्दा बढी सफल राष्ट्र हो । उसले सात पटक उपाधि उचालेको छ । नेपाल साफ च्याम्पियनशीपको फाइनलसम्म पुग्न अझै पर्खेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?