घरको छतबाट खसेर एक महिलाको ज्यान गयो

दार्चुला । कैलालीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरियाको वनखेतमा घरको छतबाट खसेर एक महिला मजदुरको मृत्यु भएको हो।

स्थानीय गीता बिष्टको निर्माणाधिन घरमा काम गरिरहेकी गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरकी ३७ वर्षीया बसन्तीदेवी जैसीको छटबाट खसेर मृत्यु भएको हो। छतबाट खसेर गम्भीर घाइते भएकी जैसीलाई पदमा अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?