डिलाशैनीमा चितुवाको बच्चा मृत फेला

दार्चुला । बैतडीमा एक चितुवा मृत अवस्थामा फेला परेको छ। महाकाली राजमार्ग अन्तरगत पर्ने डिलाशैनी गाउँपालिको श्रीरशैन भन्ने ठाउँमा मंगलबार बिहान चितुवाको बच्चा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोधराज ओझाले जानकारी दिनुभयो ।

चितुवाको बच्चा ६ महिना जतिको हुनसक्ने अनुमान गरिएको छ। चितुवाको बच्चा मृत फेला परेको खबर आएपछि प्रहरी र डिभिजन वन कार्यालय बैतडीको टोली घटनास्थल गएको थियो। मृत भेटिएको चितुवाको बच्चालाई डिभिजन वन कार्यालय बैतडीको परिसरमा गाडिएको डिभिजन वन कार्यालय बैतडीका सहायक वन अधिकृत श्याम सुन्दर माझीले बताउनुभयो ।

चितुवाको बच्चाको मृत्यु कसरी भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?