काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सेवाका लागि पार्टीले छिट्टै नयाँ संस्था बनाउने घोषणा गरेका छन् ।
मंगलबार पोखरामा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, अभरमा परेका जनतालाई निःशुल्क सेवा गर्न सामाजिक सेवा केन्द्र बनाउँदैछौं ।’
पार्टीको मातहतमा रहने यो समाजसेवी संस्थाले विदेशबाट पैसा नल्याई आपतमा परेका जनताको सेवा गर्ने उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया