बैतडी । कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेका जिल्लाको दोगडाकेदार गाउँपालिकाका सम्पूर्ण विद्यालय बुधबारदेखि सञ्चालन हुने भएका छन्।
जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि यस गाउँपालिका अन्र्तगत सञ्चालित सबै विद्यालय भदौँ ३० गतेदेखी सञ्चानलमा ल्याउने तयारी गरिएको हो ।
गाउँपालिका शिक्षा समितीको शुक्रबार (आज) बसेको बैठकले बुधबारदेखि सबै विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको शिक्षा शाखा प्रमुख सुरेश प्रशाद भटटले जानकारी दिनुभयोे । कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी भौतिक रुपमै सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको भटटले बताउनुभयो।
यसैबिच जिल्लाको मेलौली नगरपालिका, सुर्नया गाउँपालिका र डिलाशैनी गाउँपालिकाले पनि भदौ २७ गते आइतबारदेखि विद्यालय सञ्चालनमा ल्याउने तयारी गरेका हुन् । विद्यालय बन्द हुँदा बालबालिकाहरुको पठनपाठनमा निकै प्रभाव परेकाले भौतिक रुपमै विद्यालय सञ्चालनको तयारी भएको स्थानीय तहहरुले जनाएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।






प्रतिक्रिया