सुदूरपश्चिममा आइतबार पनि सार्वजनिक बिदा

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते आइतबार पनि सार्वजनिक बिदा दिएको छ। २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार प्रदेशभर भोलि पनि बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरीसकेको छ। संघीय सरकारले यो वर्ष असोज २६ गते मंगलबारदेखि असोज ३० गते शनिबारसम्म अर्थात् फूलपातीदेखि एकादशीसम्म ५ दिन दसैं बिदा दिएको थियो। सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?