मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

दार्चुला । बझाङ्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको छबिसपाथिभेरा १ जालेबगरमा ०२-०१६-८९८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक दिपेन्द्र दौल्यालको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बझाङ्गका प्रहरी नायव उपरिक्षक रुपक खड्काका अनुसार दोल्यालको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

मोटरसाइकलमा पछाडी सवार कृष्ण दैल्याल घाइते भएको र उनको उपचार जिल्ला अस्पताल बझाङ्गमा भइरहेको उहाँले बताउनुभयो । तमैलबाट जालेबगर जाने क्रममा बिजुलीको ढलेको पोलमा ठोक्किदा दुर्घटना भएको जनाइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?