दार्चुला । नेकपा एमाले नौगाड गाउँपालिका कमिटीको प्रथम अधिवेसन सम्पन्न भएको छ । जनकसिंह ठगुन्नाको अध्यक्षतामा गाउँपालिका कमिटी चयन गर्दै अधिवेसन सम्पन्न भएको हो । कमिटी उपाध्यक्षमा जानकी ठेकरे, सचिव ललित ठगुन्ना, उपसचिव पानसिह धामी र मनिसा टमटा रहने गरी ७५ सदस्यिय गाउँपालिका कमिटी गठन गरिएको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनुभयो ।
एमालेले गाउँपालिका अधिवेसन गर्नुपुर्व सबै वडाको अधिवेसन समेत नेतृत्व चयन गर्दै सम्पन्न गरेको छ । नौगाडको वडा नम्बर १ मा मदनसिंह डडाल, वडा नम्बर २ मा चन्द्रसिंह ठगुन्ना, वडा नम्बर ३ मा नरेन्द्रसिंह ठगुन्ना, वडा नम्बर ४ मा जानकी ठगुन्ना, वडा नम्बर ५ मा अंगबिर धामी र वडा नम्बर ६ मा हर्कसिंह ठगुन्नाको अध्यक्षतामा ३१ सदस्यिय वडा कमिटी चयन गरिएको धामीले बताउनुभयो ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज एबं सांसद गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा आयोजित गाउँपालिका अधिवेसन कार्यक्रममा नेकपा एमाले दार्चुलाका नेता, कार्यक्रता र शुभचिन्तकहरुको उल्लेख्य सहभागिता रहेको थियो । नौगाड गाउँपालिका र गाउँपालिका अन्तरगतका सबै वडाहरुमा सहमतिमै नेतृत्व चयन गर्दै अधिवेसन सम्पन्न भएको नेकपा एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीले जानकारी दिनुभयो ।
नेकपा एमालेको गाउँपालिका अधिवेसनको क्रममा नौगाड गाउँपालिका पुग्नुभएका एमाले नेता एबं सांसद गणेशसिंह ठगुन्नाले नौगाडका बाढीपहिरो पीडित परिवारलाई राहतस्वरुप ५० हजार नौगाड गाउँपालिकाको प्रकोप कोषमार्फत सहयोग गर्नुभएको छ । राहत रकम सासंद ठगुन्ना र एमाले दार्चुला जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशीले नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीलाई हस्तान्तरण गरेको नौगाड गाउँपालिकाका योजना अधिकृत नरेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।
नौगाडमा बाढी पहिरोले बर्षेनी क्षती गर्दै आएको छ । चालु आर्थिक बर्षमा बाढीपहिरोले धनजनको क्षती गरेपछि प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको टोली र गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी नेतृत्वमा गाउँपालिकाको टोलीले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण समेत गरेको थियो । प्रमुख जिल्ला अधिकारी र गाउँपालिका अध्यक्षको पहलमा जिल्ला सिचाई डिभिजन कार्यालय र महाकाली नदी नियन्त्रण आयोजना कार्यालयले केही ग्याबीन जाली समेत उपलब्ध गराएको ठगुन्नाले बताउनुभयो ।



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया