दार्चुला । उद्योग बाणिज्य संघ दार्चुलाको अधिवेसन सुरु भएको छ । उद्योग वाणिज्य संघ दार्चुलाको ८ औँ अधिवेशनबाट अध्यक्ष बाहेक सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षका लागि भने पूर्वअध्यक्ष समेत रहनुभएका सुरेशसिह थापा र पुर्व उपाध्यक्ष रहनुभएका इन्द्रराज पन्तबिच प्रतिस्पर्धा हुने भएको छ । आज दार्चुला सदरमुकाम खलंगामा आयोजित उद्घाटनमा बेलुकी ६ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहेकोमा अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ ।
अरु पदाधिकारी र सदस्यमा भने अध्यक्षका उम्मेदवार सुरेशसिह थापा प्यानलका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । उद्योग बाणिज्य संघ दार्चुलाका कार्यकारी अधिकृत अमर महराका अनुसार अध्यक्ष सुरेश थापा र इन्द्रदेब पन्तको उम्मेदवारी छ । बरिष्ठ उपाध्यक्षमा बिसन बोहरा, उद्योग उपाध्यक्षमा केशबहादुर पाल, बाणिज्य उपाध्यक्षमा हरकसिह बडाल, महासचिव सर्पराज बडू, सचिव दिलेन्द्रराज अवस्थी, कोषाध्यक्ष कमलसिह धामी, सहकोषाध्यक्ष प्रेमसिह डडाल, सदस्यहरुमा करनसिह बडाल, भुवनसिह धामी, प्रकाश सामन्त, इन्द्रसिह ठगुन्ना, कम्मानसिह ठगुन्ना, राजेशसिह नेपाली, दलजितसिह महता, दिनेश निरौला, सुरेन्द्रसिह बडाल निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्षका लागि १२ गते विहान ९ बजे निर्वाचन हुने उहाँले बताउनुभयो । निर्वाचन अधिकृतको जिम्मेवारीमा धिरेन्द्र साउँद रहनुभएको छ ।
यसअघि गत शनिबार उम्मेदवारी घोषणा गर्दै सुरेशसिह थापाले निजी क्षेत्रलाई बलियो र सशक्त बनाउनकालागि आफुले उमेद्वारी दिएको बताउनुभएको थियो । नेकपा एमाले निकट रहेको व्यवसायीको तर्फबाट सुरेशसिह थापा र नेपाली काग्रेस निकट व्यवसायीको तर्फबाट इन्द्रदेव पन्तको उम्मेदवारी रहेको बताइएको छ । यद्धपी थापा प्यानलबाट कांग्रेश निकटका उम्मेदवारहरुको समेत उम्मेदवारी रहेकोले आफ्नो उम्मेदवारी साझा रहेको थापाले बतायनुभयो । लामो समयदेखि नेकपा एमाले निकटका व्यवसायीहरुले उद्योग वाणिज्य संघ दार्चुलाको नेतृत्व गर्दै आइरहेका छन् । उद्योग वाणिज्य संघको अधिवेशनको लागि कुल ९५८ जना मतदाता रहेका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया