एमाले दार्चुलाको अध्यक्षमा धामी निर्वाचित

दार्चुला । नेकपा एमाले दार्चुलाको अध्यक्षमा प्रेम सिंह धामी निर्वाचित भएका छन् । ५ सय ८८ मत ल्याउँदै धामी विजयी भएका हुन् । उहाँका प्रतिस्पर्धी ज्ञानेन्द्र घर्तीले ९२ मत मात्रै ल्याएका छन् ।

उपाध्यक्षमा चरन सिंह बुढाथोकी यस अघि नै निर्वाचित भइसकेका छन् ।

यस्तै सचिवमा शेर सिंह धामी ४ सय २२ मत ल्याएर विजयी भएका छन् भने उपसचिवमा खडक सिह बडाल ३ सय ८४ र चन्द्रा देबि कुवर २ सय ७३ मत ल्याउँदै विजयी भएका छन् ।

सर्वसम्मत नेतृत्व चयनको लागि केन्द्रीय नेताहरुले जोडबल समेत गरेका थिए । तर‚ सहमतिमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?