दार्चुला । दार्चुलामा शुक्रबार (आज) थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विहिबार १२ जना संक्रमित थपिएकोमा शुक्रबार २३ जना संक्रमित थपिएका हुन् । जिल्लाभरी कोरोनाका सक्रिय संक्रमितको संख्या १५० पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
शुक्रबार जिल्ला अस्पताल दार्चुलामा एक जना, अपिहिमाल गाउँपालिकामा तीन जना, व्यास गाउँपालिकामा एक जना, दुहुँ गाउँपालिकामा ११ जना, मार्मा गाउँपालिकामा ६ जना र मालिकार्जुन गाउँपालिकामा एक जना गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार ७१ जनामा कोरोना परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो ।
हाल महाकाली नगरपालिकामा ६० जना, शैल्यशिखर नगरपालिकामा २१ जना, अपिहिमाल गाउँपालिकामा १३ जना, व्यास गाउँपालिकामा एक जना, दुहुँ गाउँपालिकामा १४ जना, मार्मा गाउँपालिकामा १२ जना, मालिकार्जुन गाउँपालिकामा १४ जना र लेकम गाउँपालिकामा १५ जना गरी जिल्लाभरी १५० जना संक्रिय संक्रमित रहेका छन् ।
नौगाड गाउँपालिकामा भने संक्रिय संक्रमित नरहेको बताइएको छ । कोरोनाको दोस्रो लहरका बेला दार्चुलामा ११ जना संक्रमितको ज्यान गएकोमा तेस्रो लहरमा भने मृत्यु हुनेको संख्या सुन्य रहेको छ । सक्रिय संक्रमितमध्ये २४ जना स्वास्थ्यकर्मी रहेका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया