सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलनको आयोजना गर्ने

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा कृषि र औद्योगिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यका साथ लगानी सम्मेलन आयोजना गर्ने भएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा हिजो बिहीबार पत्रकार सम्मेलन गर्दै ऊर्जा, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रमा लगानीकर्तालाई प्रदेशमा भित्र्याउनका लागि लगानी सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो।

यसको तयारीका लागि मुख्यमन्त्रीको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ । यस्तै कार्यसम्पादन समिति,सल्लाहकार समिति गठन भई आवश्यक तयारीसमेत सुरु भइसकेको जनाइएको छ । लगानी सम्मेलनबाट प्रदेशको विकासको आधार खडा गर्ने विश्वास गरिएको छ ।

सुदूरपश्चिम प्रदेश लगानीका लागि ठूलो सम्भावना भएको क्षेत्र भए पनि अहिलेसम्म कृषि,पर्यटन,जलस्रोतलगायतका कुनैपनि क्षेत्रमा ठूलो लगानी भित्रिन सकेको छैन ।

प्रदेश सरकारका पूर्वआर्थिक मामिलामन्त्री झपटबहादुर बोहरा विकास र समृद्धिको सन्दर्भमा केन्द्र सरकारको सुदूरपश्चिमलाई हेर्ने पुरानो दृष्टिकोणमा परिवर्तन आउन नसकेको र राजनीतिक अस्थिरताजस्ता कारण प्रदेशमा लगानी भित्रिन नसकेको बताउँछन्।

मुख्यमन्त्री शाहले लगानी सम्मेलन आयोजना गर्न सहकार्य गर्ने स्रोतहरु समेत जुटाइने बताउनुभयो । प्रदेश सरकारले तीन वर्ष पहिले वित्तीय सम्मेलन आयोजना गरेको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?