दार्चुला । कैलालीको गोदावरीमा ट्याक्टर दुर्घटना भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ५ गेटा स्थित भित्री सडक खण्डमा से १ त ७९४५ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई नालीमा पल्टिएर शनिबार साँझ दुर्घटना भएको हो।
दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका ८ का ३५ वर्षीय रामकिशन चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भिर घाईते भएका उनको मायामेट्रो अस्पताल घनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
सोही ट्याक्टरमा सवार रहेका गोदावरी नगरपालिका ५ बरबटाका ३४ वर्षीय बख्खु बिक घाइते भएका छन्। उनको पनि मायामेट्रो अस्पताल घनगढीमा उपचार भइरहेको छ। दुर्घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया