दार्चुला । कैलालीमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ। भजनी नगरपालिका–२ पल्टिपुरकी ४१ वर्षीया प्रेमी डगौराकी छोरी १३ वर्षीया सुस्मा डगौराको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरको आँगनमा आमासँगै पंखाको हावाबाट धानको भुस केलाउने क्रममा पंखाको तार सर्ट भएर करेन्ट लागेर दुवै जना गम्भीर घाइते भएकोमा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा सुस्माको मृत्यु भएको हो।

घाइते प्रेमी डगौराको उपचार भइरहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?