विपन्न वर्गको निःशुल्क उपचार गर्न १२ निजी अस्पताललाई धनगढी उपमहानगरको पत्र

दार्चुला । कैलालीको धनगढी उपमहानगरपालिकाले गरीब (विपन्न) असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गर्न भन्दै बुधवार १२ अस्पताललाई परिपत्र गरेको छ। पटक–पटक लिखित जानकारी गरिएको भए तापनि निःशुल्क उपचार सम्बन्धी प्रावधान कार्यान्वयन नभएको परिपत्रमा उल्लेख छ।

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा निःशुल्क उपचारको प्रावधान लागू नगरिए प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी दिइएको छ। कूल शय्याको १०५ शय्या छुट्याई निःशुल्क उपचार गर्नुपर्ने कानूनी प्रावधान छ।

उपमहानगरले माया मेट्रो अस्पताल प्रालि, निसर्ग अस्पताल प्रालि, नवजीवन अस्पताल प्रालि, केजी अस्पताल प्रालि, कैलाली अस्पताल प्रालि, सौभाग्य अस्पताल तथा रिसर्च सेन्टर प्रालि, स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि, सीपी अस्पताल प्रालि, ओम आशा अस्पताल प्रालि, नोभा अस्पताल प्रालि, सारथी अस्पताल प्रालि र धनगढी नेत्रालयलाई पत्र पठाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?