दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा विषादी सेवन गरेका एक पुरूषको उद्दार गरिएको छ । कात्तिक १९ गते आज दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ कुणी बस्ने अन्दाजी ३५ वर्षीय धर्मानन्द भट्टले नुवान (NUVAN) नामक विषादी सेवन गरेको प्रहरीलाई जानकारी प्राप्त भएको थियो ।
विषादी सेवन गरेका भट्टको अवस्था गम्भिर रहेको भनि जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी रातामाटा दार्चुलाबाट प्रहरी सहायक निरीक्षक माधब प्रसाद भट्टको कमाण्डमा प्रहरी टोली खटिएर उद्दार कार्य गरिएको हो । धर्मानन्द भट्टलाई प्रहरी टोलीले उद्धार गरी उपचारको लागि गोकुलेश्वर अस्पताल दार्चुलामा पठाई उपचार भईरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया