सुदूरपश्चिम प्रदेश सरकारले तीन जना खेलाडीलाई १६ लाख रुपैयाँ पुरस्कार दिने

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रदेशका राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई नगद १६ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

नेपाललाई टी–२० विश्व कपमा पुर्याउन सफल भएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारले दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई ५र५ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

एसियाली खेलकुदमा विश्व रेकर्ड बनाएका दीपेन्द्रले भने थप एक लाख रुपैयाँसहित ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उनले मङ्गोलियासँगको खेलमा नौ बलमै अर्धशतक प्रहार गरेका थिए ।

सुदूरपश्चिम सरकारले यसअघि पनि आफ्ना खेलाडीलाई सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?