दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाका तीन वटा स्थानीय तहका कृषक समुहहरुलाई लाई कृषि साम्रगी बितरण गरिएको छ ।
गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोग एंव एकिकृत सामुदायीक विकास परीयोजना र सिआरडिएसको सहजिकरणमा जिल्लाको दुहुँ गाउँपालिका, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिकाको वडा नम्बर–९ का कृषक समुहमा आवद्ध कृषकहरुलाई पोलिहाउस, थोपा सिचाइ,हजारी थर्मोमिटर लगायतका कृषि साम्रगीहरु बितरण गरिएको एकिकृत सामुदायीक विकास परीयोजना दार्चुलाका अधिकृत मनोरथ जोशीले जानकारी दिनुभयो ।
जसअन्र्तरगत दुहुँ–३ को वह्म प्रगतिशिल कृषक समुहलाई २ वटा डिजिटल तराजु, २ वटा पोलिहाउस, २ थोपा सिचाइ र २ वटा हजारी र २ थर्माेमिटर बितरण गरिएका छन् ।
यस्तै वडा नम्बर–१ मा अवस्थित हुनैनाथ कृषक समुह बासपालिमा १ डिजिटल तराजु, ३ वटा पोलीहाउस, ३ थोपा सिचाइ , ३ हजारी र ३ वटा थर्माेमिटर मालिकार्जुन–८ पस्तीको मिलिजुली कृषक समुहलाई १ डिजिटल तराजु पोलीहाउस, थोपा सिचाइ , हजारी र थर्माेमिटर बितरण गरिएको उहाले बताउनुभयो ।
महाकालीको प्रगतीशिल कृषक समुह थाप्लालाई डिजिटल तराजु, पोलीहाउस, थोपा सिचाइ हजारी र थर्माेमिटर बितरण गरिएको बताइएको छ । कृषिमा क्षमता अभिवुद्धि गराउने उद्धेश्यले उक्त कृषि साम्रगी बितरण गरिएको अधिकृत जोशीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया